Sagun Khabar
सुर्नयाका मुख्य तीन बजारमा सार्वजनिक शौचालय सञ्चालन, नागरिकलाई सहज 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाका मुख्य तीन बजारमा सार्वजनिक शौचालय सञ्चालन भएपछि नागरिकहरुलाई सहज भएको छ । सतबाँझ, ढोल्यामोड र मोतीनगरमा गत आर्थिक बर्षमा सार्वजनिक शौचालय निर्माण गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिए । 

प्रत्येक ठाउँमा २ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएका गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टले जानकारी दिए । गत बर्ष नै निर्माण कार्य सम्पन्न गरेर सार्वजनिक शौचालय सञ्चालनमा आएका उनले बताए । 

Atrya hospital

स्थानीय बजार व्यवस्थापन समितिले सार्वजनिक शौचालय सञ्चालनको जिम्मा पाएका छन् । बजार क्षेत्रमा पुग्ने नागरिकहरुलाई सहज होस भनेर सार्वजनिक शौचालय निर्माण गरिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 

सार्वजनिक शौचालय सञ्चालनमा आएसंगै बजारमा पुग्ने नागरिकहरुलाई सहज भएको सतबाँझका व्यवसायी कर्णबहादुर पाण्डेले बताए । सार्वजनिक शौचालय नहुँदा नागरिकलाई समस्या भइरहेकोमा शौचालय सञ्चालनमा आएपछि सहज भएको उनले बताए । 

सतबाँझ क्षेत्रमा दार्चुला तथा बैतडी सदरमुकाम जाने यात्रुहरु समेत पुग्ने भएकाले सार्वजनिक शौचालय आवश्यक रहेको थियो । सार्वजनिक शौचालय सञ्चालनमा आएपछि निकै सहज भएको उनले बताए । उनले भने ‘सतबाँझमा ग्राहक मात्रै आउँदैनन् । दार्चुला, बैतडी सदरमुकाम जाने यात्रुहरु पनि सतबाँझमै आउँछन् । सार्वजनिक शौचालय नहुँदा साह्रै समस्या थियो । अहिले सजिलो भएको छ ।’

यस्तै बैतडीको ढोल्यामोडमा सार्वजनिक शौचालय निर्माण भएपछि निकै सहज भएको स्थानीय भानबहादुर बोहराले बताए । ढोल्यामोडमा बझाङ जाने र बैतडीकै पुर्चौंडी जाने यात्रुहरु समेत आउने भएकाले सार्वजनिक शौचालय सञ्चालनमा आएपछि सहज भएको उनले बताए । 

यस्तै मोतीनगर बजारमा सञ्चालनमा आएको सार्वजनिक शौचालयले सहज भएको स्थानीय व्यापारी बीरबहादुर चन्दले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update