Sagun Khabar
बैतडीको शिवनाथमा कोरोनाका सक्रिय संक्रमित शुन्य 
Atrya hospital

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकामा फेरी कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । कोरोनाको दोश्रो लहर फैलिएपछि शिवनाथमा दोश्रो पटक कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको हो ।

यसअघि असार १३ गते शिवनाथमा कोरोनाका संक्रमितको संख्या शुन्यमा झरेको थियो । त्यसको केही दिनपछि फेरी पालिकामा कोरोनाका संक्रमित फेला परेका थिए । शिवनाथ गाउँपालिकामा सोमबार तीनजनाले कोरोना जितेसंगै फेरी सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए । 

पालिकाले अहिले अस्थायी कोरोना अस्पतालमा हप्ताको दुईदिन एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दै आएको छ । 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update