Sagun Khabar
बैतडीमा  यात्रु सहायता कक्षबाट २७ सय बढीले सेवा लिए 

बैतडी- बैतडी प्रहरीले स्थापना गरेका चाडपर्व लक्षित यात्रु सहायता कक्षबाट २७ सय बढीले सेवा लिएका छन् । जिल्लाका ५ ठाउँमा स्थापना भएका यात्रु सहायता कक्ष र  एक ठाउँमा स्थापना भएको नागरिक सहायता कक्षबाट  दशैँको अवधिभर मात्रै २७ सय बढीले सेवा लिएका हुन् ।

दशैँको अवधिमा मात्रै यात्रु र नागरिक सहायता कक्षबाट २ हजार ७ सय ८५ जनाले सेवा लिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । जिल्लाको खोड्पे,पाटन, सतबाँझ, गोकुलेश्वर र गोठलापानीमा स्थापना भएका सहायता कक्षमा ३ सय ८१ जनाले   सेवा लिएका छन भने सीमानाका झुलाघाटमा स्थापना भएको नागरिक सहायताकक्षमा १७ सय २९ पुरुष र ६ सय ७५ महिलाले  सेवा लिएका प्रहरी प्रवक्ता खत्रीले बताए ।

Atrya hospital

    उनका अनुसार सीमानाका झुलाघाटमा स्थापना भएको नागरिक सहायताकक्षमा १७ सय २९ पुरुष र ६ सय ७५ महिलाले सेवा लिएका हुन् । प्रहरीका अनुसार पाटनमा स्थापना भएको यात्रु सहायता कक्षमा १६५,खोड्पेमा १४०, सतबाँझमा ६९ जनाले  सेवा लिएका छन् ।

   यस्तै  गोकुलेश्वरमा ६२ र  गोठलापानीमा स्थापना भएको यात्रु सहायता कक्षमा ५ जनाले  सेवा लिएका हुन् ।  यात्रु सहायता र  नागरिक सहायता कक्षबाट निरन्तर सेवा प्रवाह  भैरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँँझका ट्राफिक प्रहरी सहायक हबलदार मोहन सिंह विष्टले बताए ।

यात्रु सहायता कक्षबाट तोकिएको भाडा भन्दा बढी लिन नदिने, क्षमता भन्दा बढीयात्रुहरु बोक्न नदिने र समस्यामा परेका यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउने काम भैरहेका छन् भने सीमानाका झुलाघाटमा सञ्चालनमा ल्याइएको नागरिक सहायताकक्षबाट स्वदेश फर्कने नागरिकहरुलाई सहयोग गरिदै छ ।

सञ्चालनमा रहेका सहायता कक्षमा सुरक्षाकर्मी खटिएका छन् । यात्रुको सहज यात्राका लागि सहयोगी कक्षहरु स्थापना भएका भन्दै प्रहरीले यात्राका क्रममा समस्या परे यात्रु सहायता कक्षमा आएर सेवा लिन आग्र गरेको छ । छठ पर्व सम्म यात्रु सहायता कक्षबाट सेवा दिइने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update