Sagun Khabar
बैतडीको दोगडाकेदारले टुहुरा बालबालिकालाई पढाई खर्च वितरण गर्यो 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले टुहुरा बालबालिकालाई पढाई खर्च प्रदान गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिए अनुसार आमा बुवा दुवै गुमाएका टुहुरा बालबालिकाहरुलाई पढाई खर्च वितरण गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन् । 

पालिकाभरी २१ जना टुहुरा बालबालिका रहेका र उनीहरुलाई प्रतिव्यक्ति २० हजारका दरले पढाई खर्च प्रदान गरिएको उपाध्यक्ष कार्कीले बताइन् । उनले भनिन् ‘हामीले टुहुरा बालबालिकाहरुलाई एकमुष्ट पढाई खर्च दिने निर्णय गरेका थियौं । सोही अनुसार उनीहरुलाई पढाई खर्च उपलब्ध गराएका छौं ।’

Atrya hospital

पालिकाले बार्षिक रुपमा टुहुरा बालबालिकालाई २० हजारका दरले गएको तीन बर्षदेखि पढाई खर्च दिँदै आएको उपाध्यक्ष कार्कीले बताइन् । आगामी आर्थिक बर्षमा पनि सो कार्यक्रमलाई निरन्तरता दिइने उनले बताइन् । 

टुहुरा बालबालिकाहरुको शिक्षामा पहुँच पुगोस र उनीहरुलाई केही राहत मिलोस भनेर पालिकाका तर्फबाट पढाई खर्च वितरण गरिएको बताइएको छ । टुहुरा बालबालिकाहरुलाई पालिकामै बोलाएर उनीहरुको अवस्थाका बारेमा समेत जानकारी लिइएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update