Sagun Khabar
बैतडीको पाटनमा पिपिएल क्रिकेट प्रतियोगिताको उद्दघाटन 

बैतडी –बैतडीको पाटनमा पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको तेश्रो संस्करणको आइतबार एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको छ । आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दको अध्यक्षतामा भएको उद्दघाटन सत्रमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए । 

प्रतियोगिता उद्दघाटन सत्रमा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा, बैतडी जिल्ला खेलुकूद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारी, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द, क्रिकेट संघका प्रदेश उपाध्यक्ष रमेश बोहरा लगायतको उपस्थिती रहेको थियो । 

Atrya hospital

१७ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्दघाटन खेलमा दशरथचन्द स्मृति प्रतिष्ठान र ग्वाल्लेक क्रिकेट क्लब भिड्नेछन् । यस्तै मेलौली नगरपालिका र टिम क्वालीटी कैलपालबीच आजै दोश्रो खेल हुने आयोजकले जनाएको छ । 

चार वटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह बिजेता र समूह उपविजेता क्वालीफायर राउण्डमा प्रवेश गर्ने छन् । 

प्रतियोगितामा प्रथम हुने टीमले १ लाख ११ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोश्रो हुने टीमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  

प्रतियोगितामा म्यान अफ दि सिरिजले २२ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने बेष्ट ब्याट्सम्यान र बेस्ट बलरले ११ हजारका दरले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update