Sagun Khabar
बैतडीका अन्य विद्यालय बन्द रहेका बेला सिद्धेश्वर मावि हुक्केडाँडामा पठनपाठन

बैतडी- बैतडीको सिद्धेश्वर मावि हुक्केडाँडामा पठनपाठन सञ्चालन भएको छ । जिल्लाका अन्य  विद्यालयमा बिदा भएका बेला  पाटन नगरपालिका वडा नं ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा आइतबार देखि नियमित पठनपाठन सञ्चालन भएको हो ।

दशैँको बिदा दिएको विद्यालयले विद्यार्थीहरुको पढाइलाई मध्यनजर गरेर पठनपाठन सञ्चालन गरेको विद्यालय स्रोतले जनाएको  छ । २०७४ सालमा भएको  आम भेलाले  विद्यालयबाट लामो बिदा नगर्ने, बर्खे बिदाको सट्टामा कामको समयमा बिदा गर्ने भन्ने निर्णय गरेकाले सोहि निर्णय अनुसार दशैँको बिदा पछि आज देखि नियमित विद्यालय सञ्चालन भएर पठनपाठन सुचारु भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।

Atrya hospital

लामो बिदाले  पठनपाठन प्रभावित भइ  विद्यार्थीहरु सिकेको कुरा समेत विर्षने भएकाले शैक्षिक गुणस्तर सुधारका लागि आफुहरुले  दशैँ तिहारको बिचमा पनि विद्यालय सञ्चालन गर्दै आएका उनले बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ केन्द्रिय उपाध्यक्ष समेत रहेका सिद्धेश्वर माविका अध्यक्ष भाटले अन्य  विद्यालयहरुलाई पनि लामो बिदा नराखेर विद्यार्थीहरुको पढाइलाई ध्यान दिन आग्रह गरेका छन् ।

विद्यालयमा थोरै बिदा मात्रै गरेर  पठनपाठन  सञ्चालन गर्ने  हो  भने  शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने  उनले  बताए । 
गत वर्ष पनि सिद्धेश्वर मावि २४२ दिन खुलेको थियोे । विद्यालय प्रशासनले दशैँ सकिएपछि पठनपाठन सुचारु गरेपछि सेवा क्षेत्रभित्रका अभिभावकहरु पनि खुसि भएका छन् । 

सिद्धेश्वर माविमा घटस्थापना देखि दशैँको बिदा दिइएको  थियो । तिहारका लागि ३ दिन बिदा दिइने विद्यालय परिवारले जनाएको छ । सिद्धेश्वर मावि बालबालिकाहरुलाई सीपयुक्त तालिम समेत दिँदै आएको छ । बालबालिकाहरुलाई जिवनोपयोगी सीप सिकाउँदै आएको सिद्धेश्वर मावि पछिल्लो समय नमूना माविको रुपमा स्थापित भैरहेको  छ । 

अरु भन्दा भिन्न प्रकारका नयाँ कार्यक्रम सञ्चालन गरेर सिद्धेश्वर मावि  नमूना विद्यालय बन्दै गएको हो ।२०१८ सालमा स्थापना भएको विद्यालयमा कक्षा १० सम्मको पढाई हुन्छ  । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update