Sagun Khabar
बैतडीमा सोमबार २७ जना संक्रमणमुक्त, नयाँ संक्रमितको संख्या शुन्य 

बैतडी –बैतडीमा सोमबार २७ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये २७ जनाले कोरोना जितेका छन् । पाटन नगरपालिकाका ९ जना, दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना, डिलाशैनी गाउँपालिकाका ३ जना, शिवनाथ गाउँपालिकाका ३ जना, दोगडाकेदार गाउँपालिकाका ३ जना र पुर्चौंडी नगरपालिकाका १ जनाले कोरोना जितेका हुन् । यस्तै मुगुका एकजना पनि संक्रमणमुक्त भएका छन् । 

बैतडीमा आज नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ९३ रहेको छ । शिवनाथ गाउँपालिका बाहेकका सबै स्थानीय तहमा सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ३६ जना, सुर्नया गाउँपालिकामा १३ जना, दशरथचन्द नगरपालिकामा ९ जना र पाटन नगरपालिकामा ७ जना रहेका छन् ।

यस्तै मेलौली नगरपालिकामा ७ जना, डिलाशैनी गाउँपालिकामा ६ जना पुर्चौंडी नगरपालिकामा २ जना,पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका ११ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update