बैतडी –बैतडीको पाटनमा भोलिदेखि पाटन प्रिमियर लिग (पिपिएल)को तेश्रो संस्कार सञ्चालन हुने भएको छ । श्रीकृष्ण मावि पाटनको खेल मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगितामा १७ टीमको सहभागिता रहने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए ।उद्दघाटन खेल दशरथचन्द स्मृति प्रतिष्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने छ । यस्तै भोलि नै मेलौली नगरपालिका र टिम क्वालीटी कैलपालबीचको खेल हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख गरिएको छ ।
चार वटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह बिजेता र समूह उपविजेता क्वालीफायर राउण्डमा प्रवेश गर्ने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ । द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछ ।
म्यान आफ द सीरिज अन्तरगत २२ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान र बलरले जनही ११ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्न गर्नेछन् ।
फाइनल खेल कार्तिक २४ गते हुने आयोजक पाटन क्रिकेट क्लबले जनाएको छ ।