बैतडी –बैतडीको शिवनाथ गाउँपालिका २ शर्मालीमा जन्मिएका कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर)को निधन भएको छ । हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मा बस्दै आएका कवि भाष्करको शुक्रबार बिहान निधन भएको हो ।
२९ बर्षीय भाष्कर एक बर्षदेखि घाँटीको क्यान्सरबाट पीडित रहेका थिए । उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका १७ मझगाउँस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
छोटो समयमै कविता लेखनको माध्यमबाट नेपाली साहित्यमा योगदान पुर्याएका कवि भाष्करको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ ।
उनका डोटेली र नेपाली भाषाका प्रशस्त कविता रहेका छन् ।
क्यान्सरबाट ग्रसित भएपछि उनको काठमाडौँ र भारतको दिल्ली सहित विभिन्न ठाउँका अस्पतालमा उपचार गरिएको थियो । केही समय अगाडि मात्रै उनको किमो थेरापी गरिएको थियो ।