Sagun Khabar
प्रदेश युवा परिषदद्वारा  ८ जना युवालाई सम्मान 

कैलाली –सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषद्ले ८ जना युवाहरूलाई सम्मान गरेको छ । विभिन्न विधामा योगदान गरेका ८ जनालाई सम्मान गरिएको हो । 

शरीरका विभिन्न ७ अङ्गले लेख्नसक्ने मनोजकुमार चन्द, वन्यजन्तुको खोज र वातावरण संरक्षणमा केन्द्रित धिरेन्द्र चन्द, लागूपदार्थ तथा दुब्र्यसनीमा रहेका युवाहरूलाई पुनस्र्थापना गर्दै आएका कल्पिस कुँवर, युवा उद्यमी मानसिंह साउद, अन्तर्राष्ट्रिय खेलाडी प्रकाशकुमार चन्द, पर्यटन व्यवसायी योगेन्द्र बम र आदर्श युवा क्लब र विश्व कीर्तिमानी मुकेश जोशीलाई सम्मान गरिएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनीहरूलाई मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मना साउदले नगद ३५ हजार सहित दोसल्ला र कदर पत्र प्रदान गरेर सम्मान गरेका हुन् । 

प्रदेश युवा प्रतिभा सम्मान तथा पुरुस्कार प्राप्तिपछि वन्यजन्तुको खोज र वातावरण संरक्षणमा थप हौसला मिलेको अनुसन्धानकर्ता धिरेन्द्रबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update