Sagun Khabar
बैतडीको चडेपानी गाउँलाई थप सात दिन सिल गरियो 
Atrya hospital

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ को चडेपानी गाउँलाई थप ७ दिनका लागि सिल गरिएको छ । एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आगामी साउन ३ गते सम्मका लागि चडेपानीलाई सिल गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

यसअघि असार २० गतेदेखि असार २७ गते सम्मका लागि सो गाउँलाई सिल गरिएको थियो । गाउँमा संक्रमितको संख्या नघटेकाले आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । कोरोना भाईरसको संक्रमण फैलिन नदिन गाउँलाई सिल गरिएको हो । 

गएको असार २० गतेदेखि गाउँमा आवतजावत बन्द गरिएको छ भने परीक्षणको दायरा समेत बढाइएको गाउँपालिकाले जनाएको छ ।  
 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update