बैतडी- बैतडीमा बाशुलिङ्ग प्रिमियर लिग सम्पन्न भएको छ । बाशुलिङ्ग क्रिकेट क्लवको आयोजनामा सुर्नया गाउँपालिका वडा नं २ स्थित सिद्धखाली खेलमैदानमा जारी बिपीएल सिजन टू आज सम्पन्न भएको हो । जारी बाशुलिङ्ग प्रिमियर लिगको उपाधि दशरथचन्द नगरपालिका रातामाटाको पञ्चकोटी क्रिकेट क्लवले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा बाशुलिङ्ग क्रिकेट क्लवलाई २४ रनले हराएर पञ्चकोटी क्रिकेट क्लवले उपाधि जितेको आयोजक समिति सदस्य हिमाल पाण्डेले जानकारी दिए । खेलमा बेष्ट ब्याटसम्यान पञ्चकोटीका अंशु बुडाल भएका छन् । म्यान अफ दी सिरिज बाशुलिङ्ग क्रिकेट क्लवका आकाश चन्द भएका छन् भने बेष्ट बलर पञ्चकोटीकै मुकेश थापा भएका हुन् ।
क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गरेर उपाधि उचालेको पञ्चकोटी क्रिकेट क्लवललाई नगद ३५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिको छ । यस्तै प्रतियोगितामा द्धितिय स्थान प्राप्त गर्ने बाशुलिङ्ग क्रिकेट क्लवले १८ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । म्यान अफ दी सिरिजलाई २५ सय ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिको छ। यस्तै बेष्ट ब्याट्सम्यान र बेष्ट बलरलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिको छ ।
त्यसैगरि म्यान अफ दी म्याचलाई ट्रफि प्रदान गरिएको छ । सुर्नया गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुँवर, वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर विष्ट , सुरक्षाकर्मी लगायतका खेल प्रेमिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको भएको आयोजकका समितिले जनाएको छ ।
विजया दशमी २०८० को अवसरमा कार्तिक २ गते देखि जारी क्रिकेट प्रतियोगितमा आयोजक सहित १६ टिमको सहभागिता थियो । यस्ता क्रिकेट प्रतियोगिताहरु अगामि दिनमा गरिने आयोजकले जनाएको छ ।