Sagun Khabar
सुदूरपश्चिमका केही ठाउँमा ठूलो बर्षा हुने सम्भावना 
Atrya hospital

बैतडी –आज सुदूरपश्चिमका केही ठाउँमा ठूलो बर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । यस्तै प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अबको तीनदिन बर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले बर्षा हुने महाशाखाले जनाएको छ । 

भारी बर्षासंगै बाढी पहिरोको आउन सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ । 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०८:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update