बैतडी- बैतडीमा बाशुलिङ्ग प्रिमियर लिग (बिपीएल ) सिजन टू सुरु भएको छ । बाशुलिङ्ग क्रिकेट क्लवको आयोजनामा सुर्नया गाउँपालिका वडा नं २ स्थित सिद्धखाली खेलमैदानमा बिपीएल सिजन टू बिहिवार देखि सुरु भएको हो ।
विजया दशमी २०८० को अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको बाशुलिङ्ग क्रिकेट क्लवका पूर्व सचिव नवराज ऐरिले बताए । एक कार्यक्रमका बिच आज सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवर र उपाध्यक्ष मञ्जु बोहराले क्रिकेट प्रतियोगिताको उद्धघाटन गरेका उनले बताए ।
क्रिकेट प्रतियोगितामा आयोजक सहित १५ टिमको सहभागिता रहेको उनको भनाई छ । क्रिकेट प्रतियोगितामा उचित पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रथम हुने टिमलाई नगद ३५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै द्धितयलाई नगद १८ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र म्यान अफ दी सिरिजलाई २५ सय ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै बेष्ट ब्याट्सम्यान र बेष्ट बलरलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरि म्यान अफ दी म्याचलाई ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा सुर्नया गाउँपालिका अध्यक्ष , उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर बिष्ट लगायतक अन्य खेल प्रेमिहरुको उपस्थिति रहेको थियो । बाशुलिङ्ग क्रिकेट क्लवले स्थापना काल देखि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।