Sagun Khabar
सुदूरपश्चिममा कोरोनाबाट आइतबार एकजनाको मृत्यु, २७ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आइतबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ । टीकापुर अस्पतालमा उपचाररत कैलालीका ७५ बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २७ जनाले कोरोना जितेका छन् । यसैगरी प्रदेशभरी थप २५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । ७२० जनाको परीक्षण गर्दा थप २५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update