Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकालाई बालमैत्री बनाउनुपर्ने माग 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन माग गरिएको छ । सुर्नया बालसञ्जाल आज ज्ञापन पत्र बुझाउँदै बालबालिकाहरुका हक अधिकार सुनिश्चित गर्न बालमैत्री पालिका बनाउन आग्रह गरिएको सुर्नया बाल सञ्जालका उपाध्यक्ष विशाल भट्टले बताए । 

गाउँपालिकालाई बालमैत्री बनाउनुपर्ने माग गर्दै प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टलाई चारबुँदे ज्ञापन पत्र बुझाएको उनले बताए । अझै पनि बालबालिकाहरु बालश्रम गर्न बाध्य भएकाले उनीहरुको शिक्षामा पहुँच स्थापित हुनुपर्ने आफूहरुको माग रहेको भट्टले बताए । बालमैत्री घोषणाका सूचक पूरा गर्न समेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update