Sagun Khabar
लेन्थवर्करका माग सरकारले पूरा गर्नुपर्छ : कांग्रेस उपसभापति चन्द 

बैतडी –अनसनमा बसेका लेन्थवर्करका माग सरकारले पूरा गर्नुपर्ने नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले बताएका छन् ।आइतबार लेन्थवर्कर अनसन बसेकै ठाउँमा पुगेर उपसभापति चन्दले मजदुरका माग सरकारले पूरा गर्नुपर्ने बताए ।

लामो समयदेखि सडकमा काम गर्दै आएका मजदुर सरकारले अन्यायमा पारेको उनले आरोप लगाए । लेन्थवर्करहरुले गरेको आन्दोलनमा आफूहरुको साथ रहेको बताउँदै उपसभापति चन्दले उनीहरुका माग पूरा गराउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । 

Atrya hospital

लेन्थवर्करका समस्या समाधानका लागि स्थानीय सरकारहरुसंग पनि छलफल भईरहेको र प्रदेश र संघ सरकारको पनि ध्यानाकर्षण गराएको उनले बताए । 

यसैबीच नेपाल ट्रेड युनियन कांग्रेस बैतडीले लेन्थवर्करहरुको आन्दोलनमा आफ्नो साथ रहेको जनाएको छ । ट्रेड युनियन कांग्रेस बैतडीका अध्यक्ष वसन्तप्रकाश बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेन्थवर्करका माग पूरा हुनुपर्ने उल्लेख गरिएको छ । 

२१ महिनादेखि लेन्थवर्करहरुले तलब नपाएकाले उनीहरुले तलब पाउनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update