Sagun Khabar
टिम नेपो बैतडीको नयाँ समिति गठन 


बैतडी –गैरनाफामुलक सामाजिक संस्था टिम नेपोको बैतडी जिल्ला समिति गठन गरिएको छ । समितिको संयोजकमा धर्मसिंह मडैलाई चयन गरिएको छ ।

समितिको सहसंयोजकमा भुबी बिष्ट र नरेश सिंह भण्डारी, मेम्बरसिप कोर्डिनेटरमा नवीन बिष्ट, पब्लिसिस्टमा मान बहादुर बोहरा, पार्टनरसिप कोर्डिनेटरमा भागरथी भट्ट र इडिटरमा बेद कुवर चयन भएका छ्न ।

Atrya hospital

टिम नेपो बैतडीका नवनियुक्त जिल्ला संयोजक धर्मसिंह मडैले युवाको क्षमता अभिवृद्धि र सामाजिक कार्यका लागि आफूहरु अगाडि बढ्ने बताए  ।

टिम नेपोका निवर्तमान जिल्ला संयोजक अमृत विष्टले कोभिड–१९ को चुनौतीका बापजुत आफुले सफलता पूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै नेतृत्व हस्तान्तरण गरेको बताए । नयाँ समितिले आगामी एक बर्ष नेतृत्व गर्ने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update