Sagun Khabar
बैतडीमा आइतबार ५ जनाले कोरोना जिते, थप ५ जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा आइतबार ५ जनाले कोरोना जितेका छन् । डिलाशैनी गाउँपालिकाका २ जना, सिगास गाउँपालिका, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका १÷१ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आइतबार थप ५ जनामा कोरोना पुष्टि भएको छ । सुर्नया गाउँपालिकाका ४ जना र बझाङका एक जनामा कोरोना पुष्टि भएको हो ।

जिल्लामा अहिले १२० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ३९ जना, पाटन नगरपालिकामा १६ जना, सुर्नया गाउँपालिकामा १६ जना, दशरथचन्द नगरपालिकामा १३ जना र डिलाशैनी गाउँपालिकामा ९ जना रहेका छन् ।

यस्तै मेलौली नगरपालिकामा ७ जना, शिवनाथ गाउँपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा ३ जना, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा अन्य जिल्लाका १२ जना सक्रिय संक्रमित रहेका बताइएको छ । 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update