Sagun Khabar
बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन कहिले ?  

बैतडी- बैतडीमा पनि बजार अनुगमन गर्ने तयारी भैरहेको छ । जिल्ला प्रशासन कार्यालय  लगायतका सरोकारवाला निकायको  संयुक्त अनुगमन टोलिले दशैँको पूर्व  सनध्यामा बजार  अनुगमन गर्ने तयारि गरेको  छ । एक दुई दिन भित्रै बजार अनुगमन गर्ने तयारि भैरहेको  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रविण कुमार अधिकारीले बताए ।

 अहिले  दार्चुलामा बजार  अनुगमनको  काम भैरहेकाले  एक दुई  दिनमै  बैतडी पुगेर  बजार  अनुगमनको कार्यलाई  अगाडी  बढाइने उनले बताए ।उनका अनुसार  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले  दार्चुला पनि हेर्ने गर्दछ ।

Atrya hospital

यता जिल्ला प्रशासन कार्यालय  बैतडीले  पनि अनुगमनका लागि सबै निकाय  संग समन्वय  भैरहेको  बताएको  छ । चाडपर्व लक्षित  बजार  अनुगमन गर्ने तयारि थालिएको  जिल्ला प्रशासन कार्यालय  बैतडीका  सूचना अधिकारी शंकरबहादुर बोहराले  पनि बताए ।


जिल्लाको संयुक्त टोलिले  बजार  अनुगमन गर्ने  गरेको  भएपनि स्थानीय  तहले  चाडपर्वका बेला चासो नदिने गरेका गुनासो  भने पछिल्लो समय बढ्दै  गएका छन् । मुख्य  मुख्य  बजारमा  अनुगमन हुने  गरेका भएपनि  स्थानीयतह  अन्तर्गतकै  कतिपय  ग्रामीण  बजारहरुमा  अनुगमननै नहुने  गरेको  स्थानीय नागरिकहरुको गुनासो छ ।

जिल्ला प्रशान कार्यालय बैतडीले भने चाडपर्व लक्षित बजार  अनुगमनका लागि स्थानीयतहलाई पत्राचार गरिरहेको  बताएको छ ।     जनशक्ति अभावका कारण बजार अनुगमनका लागि सबै ठाउँमा जिल्लाको  टोलि जान नसक्ने           भएकाले स्थानीयतहहरुलाइ बजार अनुगमनका लागि पत्राचार भैरहेको  प्रशासनका सूचना अधिकारी बोहराले  बताए ।

 चाडपर्वका बेला मुल्य अभिवृद्धि रोक्न, बजारमा अनुशासन कायम गर्न, म्याद नाघेका सामग्री विक्रि वितरणमा रोक      लगाउन बजार अनुगमन आवश्यक रहेको भन्दै उनले स्थानीयतहहरुलाई पनि  बजार अनुगमन गर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update