Sagun Khabar
बैतडीको रौलाकेदार बहुमुखी क्याम्पसमा फेरि पठनपाठन शुरु 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ५स्थित रौलाकेदार बहुमुखी क्याम्पसमा फेरि यो बर्षदेखि पठनपाठन शुरु भएको छ । २०७० सालमा स्थापना भएको क्याम्पस बीचमा बन्द भएको थियो । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त उक्त क्याम्पसमा यो बर्षदेखि स्नातक तहको पठनपाठन शुरु गर्ने तयारी भएको क्याम्पस प्रमुख भरतबहादुर मडैले बताए । यो बर्षदेखि मानविकी संकाय अन्तर्गत स्नातक तह प्रथम बर्षका लागि क्याम्पसले भर्ना खोलीसकेको उनले बताए । 

Atrya hospital

बीचमा आर्थिक, भौतिक र अन्य कारणले बन्द भएको क्याम्पस यो बर्षदेखि सुचारु गरिएको क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र बिष्टले बताए । 

ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई नजिकै उच्च शिक्षा हासिल गर्न सहज होस भनेर क्याम्पस फेरि सञ्चालनमा ल्याइएको क्याम्पस प्रमुख मडैले बताए । ग्रामीण विकास, समाज शास्त्र र नेपाली मुख्य बिषय लिएर अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई भर्नाका लागि आह्वान समेत गरिएको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update