Sagun Khabar
बझाङमा सेस्मोटिर जडान 

बझाङ – बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भूगर्भ विभागका विज्ञले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान गरेका हुन् । 

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान गर्ने कार्य भइरहेको नास्टका भूगर्भविद् डा. शिव सुवेदीले जानकारी दिए । उनका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ । मंगलबार जयपृथ्वी नगरपालिकामा सेस्मोमिटर जडान गर्ने तयारी भइरहेको छ । 

चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने भएकाले सेस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताए । 

यसअघि बझाङमा खप्तडछान्नाको बयानामा मात्रै सेस्मोमिटर जडान गरिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update