Sagun Khabar
बैतडीमा चट्याङ लागेर एक भैंसी र एक बाख्रो मर्यो 
Atrya hospital

बैतडी –बैतडीमा चट्याङ लागेर दोगडाकेदार गाउँपालिका ७ का चन्द्रदेव जोशीले पालेका एक भैंसी र एक बाख्रो मरेका छन् । आइतबार बिहान साढे ३ बजेतिर भैंसी गोठमा चट्याङ पर्दा जोशीले पालेका भैंसी र बाख्रा मरेका हुन् । 

चट्याङले घरभित्र गरेको विद्युत वाइरीङ र मिटरमा पनि क्षति पुर्याएको छ भने मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update