Sagun Khabar
इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारले २ लाखका दरले राहत उपलब्ध गराउने 

बैतडी –इजरायलमा हमास विद्राहीको आक्रमणमा परेर मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ । 

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार एक विज्ञप्ती जारी गर्दै विद्रोही समूहको आक्रमणबाट मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रतिपरिवार २ लाखका दरले राहत उपलब्ध गराउने बताएका छन् । 

इजरायलमा भएको आक्रमणको निन्दा र भत्र्सना गर्दै मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्क विहिन तथा घाइते विद्यार्थीहरुको यथाशीघ्र उद्धारका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावासलाई आग्रह गरेका छन् । 

यस्तै आक्रमणमा परी मृत्यु भएकाहरुको शव यथाशीघ्र नेपाल ल्याउने पहल गर्न पनि मुख्यमन्त्री शाहले आग्रह गरेका छन् । 

Supa1696833816.jpg


 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update