Sagun Khabar
बैतडीको रीममा ५ घर पहिरोको जोखिममा 
फाइल फोटो
Atrya hospital

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं १ रीममा ५ ओटा घर पहिरोको जोखिममा परेका छन् । लगातारको बर्षाका कारण घरमाथिबाट पहिरो खस्न थालेकाले ५ ओटा घर जोखिममा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

लगातारको बर्षाले पहिरो खस्न थालेपछि घरपरिवार जोखिममा परेका उनले बताए । पहिरोको जोखिम भएको ठाउँमा प्रहरी टोली गईरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । 

बैतडीका ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनामा ८ ओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको देखाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update