Sagun Khabar
विजया दशमीको अवसरमा बैतडीमा (बिपीएल ) सिजन टू हुँदै, प्रथम पुरस्कार ३५ हजार 

बैतडी- विजया दशमीको अवसरमा बैतडीमा बाशुलिङ्ग प्रिमियर लिग (बिपीएल ) सिजन टू हुँदै छ । बाशुलिङ्ग क्रिकेट क्लवको आयोजनामा सुर्नया गाउँपालिका वडा नं २ स्थित सिद्धखाली खेलमैदानमा बिपीएल सिजन टू हुन लागेको हो ।

विजया दशमी २०८० को अवसरमा क्रिकेट प्रतियोगिताको  आयोजना गरिएको बाशुलिङ्ग क्रिकेट क्लवका पूर्व सचिव नवराज ऐरिले  बताए ।    क्रिकेट प्रतियोगिता कार्तिक २ गते देखि सञ्चालन हुने उनले बताए । क्रिकेट प्रतियोगितामा उचित पुरस्कारको  समेत  व्यवस्था गरिएको छ ।

Atrya hospital

प्रथम हुने टिमलाई नगद ३५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै द्धितयलाई नगद १८ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र म्यान अफ दी सिरिजलाई २५ सय ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै बेष्ट ब्याट्सम्यान र बेष्ट बलरलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरि म्यान अफ दी म्याचलाई ट्रफि प्रदान गरिने  आयोजकले जनाएको छ ।

क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने  टिमले  यहि असोज ३० गते  सम्म टिम दर्ता गराइ सक्नु  पर्ने छ । टिम दर्ता शुल्क ६ हजार ५ सय तोकिएको छ । २०६९ सालमा स्थापना भएको बाशुलिङ्ग क्रिकेट क्लवले प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको क्लवका संस्थापक अध्यक्ष प्रकाश चन्दले  बताए ।

आफुहरु क्लवको स्थापना काल देखि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका भएपनि स्थानीय सरकारबाट अहिले सम्म कुनै सहयोग नमिलेको क्लवका पदाधिकारीहरुको गुनासो छ ।  सबैको  साथ सहयोग मिले अब प्रत्येक वर्ष  बिपीएल गरिने  क्लवका पूर्व सचिव ऐरिले बताए।  

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update