बैतडी- बैतडीका गायक कलौनीको पहिलो सांगीतिक कोशेली बेंगलोर सहर बजारमा आएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ४ चौगाउँ कलौँठा घर भएका नवउदित गायक करुणाकर कलौनीको बेंगालोर सहर नामक देउडा गीत बजारमा आएको हो ।
रोकाया डिजिटल म्युजीक युटूब च्यानलबाट भिडियो सहित देउडा गीत सार्वजनिक गरिएको छ । स्वर्गीय गणेश दत्त कलौनीको शब्द तथा लयमा रहेको गीतमा कलौनी र गायीका निरु देउवाको स्वर रहेको छ । बिग परिबेस रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको गीतको ऐरेन्ज गायक भुवन बडुले गरेका छन् ।
गीतको भिडियोमा शंकर जप्रैल, सुनीता देवी जप्रैल,सुरेश सिंह, पशुपति सिंह,गणेश जोरा र गणेश रावलले अभिनय गरेका छन् । गीतका शब्द संगीतकार स्वर्गीय गाणेश दत्त करुणाकरका बुबा हुन् । बुबाले रचना गरेको देउडा गीत आफुले गाएको गायक कलौनीले बताए ।
पुराना देउडा गायक स्वर्गीय गाणेश दत्त गीत संगीत प्रेमि थिए । उनका कठैलाडी ,बासु, पहाड गाडीमा नामक देउडा गीत बजारमा छन् ।उनकोे २०६८ सालमा निधन भएको थियो । बुबाको प्रेरणाबाट आफु गीत संगीतमा लागेको भन्दै नव उदति कलाकार कलौनीले देउडा गीतको संरक्षणमा लागि पर्ने बताए । दर्शक स्रोताको राम्रो प्रतिकृया पाइराखेकाले अगामी दिनमा पनि देउडा गीत बजारमा ल्याउने उनको भनाई छ ।
गीतका लागि यो लिंकमा थिच्नुहोस् https://www.youtube.com/watch?v=Mj9BdtXnKpg