Sagun Khabar
सदरमुकामका स्वास्थ्य सेवा दुर्गममा पाउँदा नागरिक दंग

बैतडी- अहिले बैतडीका ग्रामीण ठाउँमा ल्याब सेवा सञ्चालन भएपछि नागरिकरुलाई सहज भएको छ । जिल्लाका १० पालिकाका स्थानीय स्वास्थ्य संस्थाहरुमा ल्याब सेवा सञ्चालनमा  आएपछि नागरिकहरुलाई  सेवा लिन निकै सहज भएको  हो  ।

जिल्ला अस्पताल सहित बैतडीका २६ ठाउँमा ल्याब सेवा सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन जयसिंह बडालले जानकारी दिए । बडालका अनुसार दशरथचन्द नगरपालिकाका ३ ठाउँमा, पाटनका  ३, पुर्चौडीका ४ र मैलौलीका  ३ ठाउँबाट ल्याब सेवा सञ्चालन छ ।

Atrya hospital

यस्तै सुर्नया गाउँपालिकाका ३, पञ्चेश्वरका  ३, सिगास गाउँपालिकाका २ ओटा ठाउँमा सेवा सञ्चालनमा रहेको छ । यस्तै दोगडाकेदार गाउँपालिकाका २, डिलाशैनी गाउँपालिकाका २ र  शिबनाथ गाउँपालिकाको शर्मालिबाट  ल्याब सेवा प्रवाह भइरहेको बडालले बताए । पञ्चेश्वर स्वास्थ्य चौकी बाँहेक सबै ल्याबबाट सेवा सञ्चालनमा रहेको उनले  बताए ।

 रगत परीक्षणका लागि सदरमुकामा धाउनु पर्ने नागरिकहरुलाई ग्रामीण भेगकै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन भएपछि सेवा लिन सहज भएको ल्याब टेक्निसियन बडाले बताए । सदरमुकाममा पाइने ल्याब लगायतका अन्य आधारभूत स्वास्थ्य सेवा  जनप्रतिनिधि आएपछि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुन थालेको छ ।

सामान्य उपचारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता रहेकोमा  अहिले गाउँकै स्वास्थ्य संस्थामा सेवा उपलब्ध हुँदा सहज भएको डिलाशैनीका स्थानीय प्रदिप जोशीले बताए । स्थानीयहरुलाई दिसा पिसाव र रगत परीक्षण गरेर रोग पत्ता लागाउन अन्यत्र जानु पर्ने बाध्यताको अहिले  अनत्य भएको  उनले  बताए ।

स्थानीय सरकारको पहलमा ग्रामीण क्षेत्रमा ल्याब लगायतका स्वास्थ्य  सेवा सञ्चालनमा आएपछि सहज भएको उनको  भनाई  छ ।  सरकारले सबैखाले स्वास्थ्य सेवामा नागरिकको समान पहुँच वृद्धिका लागि सस्तो तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बैतडीका दुर्गम भेगका स्वास्थ्यचौकीमा ल्वाब सेवा सञ्चालन हुँदा  नागरिकहरुलाई धेरै राहत मिलेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update