Sagun Khabar
बैतडीको घमालीमा बाढीले खेत बगायो 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका २ घमालीमा बाढीले स्थानीयहरुको खेत बगाएको छ । गएरातीदेखि भएको बर्षाले ढिकगाड नदी र भकुण्डे खोलामा आएको बाढीले खेत बगाएको स्थानीय जनकबहादुर कार्कीले बताए । उनले भने ‘बाढीले पुरै खेत पुरेको छ । धान रोपेको खेत बाढीले नामानिसाना मेटाएको छ ।’

बाढीले धान रोपेको खेत पुरै बगरमा परिणत भएको कार्कीले बताए  । घमालीका करीब ३० परिवारको धान रोपेको खेत बाढीले बगरमा परिणत गरेको स्थानीय चक्रबहादुर कार्कीले बताए । उनले भने ‘बाढीले पुरै खेत बगाएर बगर भएको छ । कसरी परिवार पाल्ने चिन्ता थपिएको छ ।’

Atrya hospital

२०१८ सालपछि यो बर्ष विनाशकारी बाढी आएको स्थानीय बुढापाकाहरुले बताएका छन् । रातीको समयमा आएको बाढीले खेत पुरै बगाएको स्थानीय धनीसिंह कार्कीले जानकारी दिए । यस्तै बाढीले चारओटा पानीघट्ट पनि बगाएको उनले बताए । 

बाढीले खेत बगरमा परिणत गरेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् । धान रोपेको खेतमा बाढी पसेपछि बगर भएको स्थानीयहरुले बताएका छन् । बर्षा भईरहेकाले नदीमा बाढी आउने क्रम जारी रहेको छ । 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update