Sagun Khabar
जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
Atrya hospital

बैतडी –जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ काठमाण्डौंका पूर्व अध्यक्ष दानबहादुर चन्दको सहयोगमा जिल्ला अस्पततालाई दुई थान अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएको जिल्ला अस्पातल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

जिल्ला अस्पताललाई १० लिटरका दुईथान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको जनाइएको छ । अहिले जिल्ला अस्पतालमा २५ थान अक्सिजन कन्सन्ट्रेटर रहेका जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

यस्तै जिल्ला अस्पतालमा अहिले ७० थान ठूला र ६ थान साना गरेर ७६ थान अक्सिजन सिलिण्डर रहेका उनले बताए । 

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update