बैतडी –नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई बैतडी जिल्ला क्रिकेट संघले स्वागत तथा सम्मान गरेको छ । शुक्रबार बैतडी निर्माण व्यवसायी संघको हलमा एक कार्यक्रमको आयोजना गरेर अध्यक्ष चन्दलाई सम्मान गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।
यही असोज ६ गते नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोश्रो कार्यकालका निर्विरोध निर्वाचित भएका थिए । क्यान अध्यक्षमा निर्वाचित चन्दलाई गृह जिल्लामा बैतडी जिल्ला क्रिकेट संघले स्वागत तथा सम्मान गरेको हो ।
बैतडी जिल्ला क्रिकेट संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै क्यान अध्यक्ष चन्दले बैतडीस्थित सुन्दरखाली क्रिकेट मैदान निर्माणका लागि आवश्यक पहल गर्ने बताए । यस्तै धनगढीस्थित फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आफ्नो पहल रहने उनले बताए ।
क्रिकेटको क्षेत्रमा देखिने गरि विकास हुने बताउँदै अध्यक्ष चन्दले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि संघले काम गर्ने बताए ।
क्यान अध्यक्षमा दोश्रो कार्यकालका लागि निर्वाचित भएपछि गृह जिल्ला बैतडीमा रहेका चन्दलाई स्वागत तथा सम्मान गरिएको हो ।
नेपाली क्रिकेट क्षेत्रमा बैतडीको नाम राख्न ठूलो योगदान गरेको भन्दै अध्यक्ष चन्दलाई सम्मान गरिएको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।