Sagun Khabar
बैतडीको सतबाँझ बजारमा ‘यात्रु सहायता कक्ष’ स्थापना

बैतडी- बैतडीको सतबाँझमा यात्रु सहायता कक्ष स्थापना गरिएको  छ । सुर्नया गाउँपालिका  वडा नं  २ स्थित सतबाँझ  बजारमा  बुधबार यात्रु सहायता कक्ष स्थापना गरिएको  हो ।

दशैँतिहारलाई  लक्षित गरेर  यात्रुको सहजताका लागि  सहायता कक्ष स्थापना गरिएको  ट्राफिक प्रहरी पोष्ट सतबाँझका ट्राफिक प्रहरी सहायक  हबलदार मोहन सिंह  विष्टले जानकारी दिए । चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझले बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको उनले बताए।

Atrya hospital

चाडपर्वका बेला जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको उनले बताए । चाडपर्वको बेलामा  भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन जिल्लाका मुख्य  बजारमा प्रत्येक वर्ष  यात्रु सहायता कक्ष स्थापना हुँदै  आएका छन् ।

अन्य ठाउँमा पनि यात्रु सहायता कक्ष स्थापना भैरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय  बैतडीले जनाएको छ । 

 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update