Sagun Khabar
भूकम्पले बैतडीमा विद्यालयका भवन भत्किए, पठनपाठन प्रभावित !

बैतडी- बैतडीमा भूकम्पले विद्यालयका भवन भत्किदा  पठन पाठन प्रभावित भएको  छ । मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टर स्केलको भूकम्पले जिल्लाका विभिन्न स्थानमा रहेका  विद्यालयका भवन भत्किएपछि  पठनपाठन प्रभावित भएको हो ।

हिजो बझाङ केन्द्र विन्दु बनाएर गएको भूकम्पको कारणले पुर्चौडी नगरपालिका वडा नं  २ महादेव आधारभूत विद्यालय आल्कापुरी ठटेको   तीनकोठे भवन पूर्णरुपमा भत्किएको विद्यालयका प्रधानाध्यापक नवराज भट्टले  जानकारी दिए । भवन भत्किदा पठनपाठन प्रभावित भएको उनले बताए ।

Atrya hospital

भूकम्पले तीनकोठे भवन भत्किएपछि विद्यार्थीहरुलाई बाहिर चौरमा  बसालेर  पठनपाठन गर्नु पर्ने अवस्था रहेको उनले बताए । यस्तै सिगास गाउँपालिका ६ काँडा स्थित महादेव माध्यमिक विद्यालयको ८ कोठे भवनमा पनि भूकम्पका कारण  क्षति पुगेको स्थानीय राजेन्द्र साउँदले बताए ।

कोठा भत्कीएपछि  विद्यार्थीलाइ कक्षाकोठा बाहिर राखेर पढाउनुपर्ने बाध्यता रहेको उनले बताए । शिशु देखि कक्षा ८ सम्म पढाइने हुने महादेव माविको ८ कोठे भवन भूकम्पका कारण भत्कीने अवस्थामा पुगेको बताइएको छ ।  यस्तै हिजो गएको  भूकम्पले जिल्ला भित्रका अन्य विद्यालयका भवनहरु पनि चर्किएका छन् ।

भूकम्पले  पाटन नगरपालिका वडा नं ६ हिरापुर स्थित डाँडाबाग आधारभूत विद्यालयको भवन पनि चर्केको शिक्षक लक्ष्मण कठायतले बताए ।  हिजो गएको भूकम्पले  विद्यार्थी बस्ने  दुई कोठे भवनमा  क्षति पुर्याएको उनले  बताए । भूकम्पले विद्यालय भवनहरु चर्किएपछि शिक्षक विद्यार्थी डराएर बस्न बाध्य छन् ।

भत्किएका र चर्किएका विद्यालय भवनहरुको मर्मत   निर्माणमा सरकारको ध्यान जानु पर्ने  अभिभावकहरुको  माग छ ।    

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update