Sagun Khabar
बैतडीको डिलाशैनी गाउँपालिकाका हाकिमको हाजिर भएको ८ दिनमै सरुवा

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका हाकिमको आठ दिनमै सरुवा भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेलको पालिकामा हाजिर भएको आठ दिनमै  सरुवा भएको हो ।

उनको सर्लाहीको धनकौल गाउँपालिका सरुवा भएको  हो । प्रमुख प्रशासकीय अधिकृत पटेलेको हाजिर भएको  आठ दिनमै सरुवा भएको गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्टले जानकारी दिए । पटेल डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा असोज ८ गते हाजिर भएका थिए ।

Atrya hospital

मन्त्रालयले पटेललाई डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा  गत भदौमा खटाएपनि उनि असोज ८ गते देखि कार्यालयमा हाजिर भएका थिए । मन्त्रालयबाट सरुवाको पत्र आएपछि आफु  डिलाशैनीबाट सर्लाही जान लागेको उनले  बताए ।

आफुलाई संघीय मामिला तथा सामान्य मन्त्रालयले   सर्लाहीको धनकौल गाउँपालिकामा सरुवा गरेको उनको  भनाई  छ । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update