Sagun Khabar
बैतडीमा शुक्रबार ८ जनाले कोरोना जिते, थप ४ जनामा कोरोना पुष्टि
Atrya hospital

 बैतडी –बैतडीमा शुक्रबार ८ जनाले कोरोना जितेका छन् । पाटन नगरपालिकाका ८ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । सुर्नया गाउँपालिकाका ३ र पाटन नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो । अहिले जिल्लामा ११८ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ४० जना, पाटन नगरपालिकामा १५ जना, दशरथचन्द नगरपालिकामा १४ जना, सुर्नया गाउँपालिकामा १२ जना र  डिलाशैनी गाउँपालिकामा ११ जना रहेका छन् ।

यस्तै मेलौली नगरपालिकामा ७ जना, पुर्चौंडी नगरपालिकामा ३ जना, शिवनाथ गाउँपालिकामा ३ जना, सिगास गाउँपालिकामा २ जना र पञ्चेश्वर गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका १० जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update