Sagun Khabar
बैतडीको सुर्नयामा वक्तृत्वकला प्रतियोगिता, बाशुदेव माविकी छात्रा लक्ष्मी प्रथम

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको  छ ।  गाउँपालिकाको  आयोजनामा सोमबार  मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको  हो ।

वक्तृत्वकला प्रतियोगितामा  सुर्नया गाउँपालिका वडा नं २ स्थित बाशुदेव मावि लिस्किटामा  अध्यनरत छात्रा लक्ष्मी टेलर प्रथम भएकी छिन् । यस्तै सुर्नया गाउँपालिका ६ स्थित शंकर संस्कृत मावि मुलखटालीकी छात्रा बिजया अवस्थी द्धितिय   भएकी छिन भने सुर्नया ५ मा रहेको  रौलेश्वर मावि रामकी बरायलमा अध्यनरत छात्रा  सिर्जना विष्ट तृतिय भएकी हुन् ।

Atrya hospital

यस्तै वडा नं ४ को  उदयदेव  माविका छात्र राज भट्टले  सान्तोवना स्थान हासिल गरेका   सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंक प्रशाद अवस्थीले जानकारी दिए । “सामुदायिक विद्यालयको गुणस्तर उकास्नमा विद्यार्थीको भूमिका”भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । सोमबार वक्तृत्वकला प्रतियोगिता गरिएको र अर्काे  दिन विशेष कार्यक्रमको  आयोजना गरेर  नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने शिक्षा शाखा प्रमुख अवस्थीले  बताए ।

 गाउँपालिकाको  केन्द्रमा  उपाध्यक्ष मञ्जु  बोहराको अध्यक्षता तथा अध्यक्ष अम्मर बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका कर्मचारी, शिक्षक विद्यार्थी र अभिभावकहरुको  उपस्थिति रहेको  थियो । सुर्नया गाउँपालिकामा  १३ ओटा माध्यमिक विद्यालय छन् ।

प्रतियोगितामा १२ ओटा माविले सहभागिता जनाएका थिए ।  विद्यार्थीको अन्तर्निहित सिर्जनशीलता प्रस्फुटन गरेर पढाइको गुणस्तरमा सुधार ल्याउन वक्तृत्वकलाको आयोजन गरिएको र अगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजन गरिने  गाउँपालिकाले  जनाएको  छ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update