Sagun Khabar
बैतडीको पाटनमा सुपथ मूल्य  पसल सञ्चालन गर्न माग, पालिकाले पठायो पत्र 

बैतडी- बैतडीको पाटनमा सुपथ मूल्य  पसल सञ्चालन गर्न माग गरिएको छ । पाटन नगरपालिकाले खाद्य कम्पनी धनगडी संग पाटन बजारमा सुपथ मुल्य पसल  सञ्चालन गर्न  माग गरेको  हो ।

 नगरपालिकाका उप प्रमुख कमल सिंह बोहराले नुन मात्र पाईने साल्ट ट्रेडिङ पाटन शाखामा  सहुलियत मुल्यमा   अन्य दैनिक उपभोग्य सामग्री पनि  उपल्बध गराउन माग  गरेका हुन् ।

Atrya hospital

खाद्य व्यवस्था तथा व्यापार कम्पनी साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगडीलाई पत्राचार गरेर  उप प्रमुख बोहराले  सुपथ मूल्य  पसलका लागि माग गरेका हुन् । चाँडपर्वको अवसरमा सहुलियत पसलमा नुन मात्र रहेकाले अन्य दैनिक उपभोग्य  सामग्री उपलब्ध गराउन माग गर्दै  पत्र पठाएको उपप्रमुख बोहराको  भनाई  छ ।

केहि वर्ष यता बैतडीमा चाडपर्वका बेला  सुपथ मूल्य पसल सञ्चालन नहुँदा उपभोक्ता मारमा परेका छन् । सुपथ मूल्यमा सहुलियत दरमा खाद्य सामग्री उपलब्ध हुने भएपनि सञ्चालनमा नआउँदा समस्या हुने गरेको  छ । सुपथ मूल्य  पसल सञ्चालन भए नागरिकहरुले  बाहिर बजारको भन्दा सहुलियत मूल्यमा खाद्य सामग्री किन्न पाउने  छन् । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update