Sagun Khabar
बैतडीमा सडकको माटो बगेर पसलभित्र पसेपछि ... 
Atrya hospital

बैतडी –सडकको माटो बगेर पसलभित्र पसेपछि बैतडीको सनशेरीमाण्डौंका व्यापारीहरुलाई समस्या भएको छ । सुर्नया गाउँपालिका वडा नं ४ सनशेरी माण्डौंदेखि रौलाकेदार जोड्ने सडकको माटो बगेर पसलभित्र पसेको स्थानीय व्यापारी परमानन्द भट्टले बताए । उनले भने ‘सडकको पुरै माटो पसलभित्र पसेको छ । बर्षात भएमा फेरी अझै माटो आउने सम्भावना छ ।’

बिहीबार राती परेको पानीका कारण सडकको माटो पुरै बगेर पसलभित्र पस्दा जोखिम बढेको भट्टले बताए । सनशेरीमाण्डौं –रौलाकेदार सडकको माटो बगेर सनेशेरीमाण्डौंमा रहेका ५ ÷६ ओटा पसल जोखिममा परेका स्थानीय महादेव भट्टले जानकारी दिए । सडकमा नालीको व्यवस्था नहुँदा सडकको माटोले पसलमा क्षति पुर्याएको उनले बताए । यसै बर्ष काटिएको सो सडकमा पानी निकासका लागि नाली नकाट्दा समस्या भएको हो । 

बर्षातको समयमा सडकको माटोले पसलमा क्षति पुर्याउने भन्दै स्थानीयबासीहरु चिन्तित बनेका छन् । सो सडक २० लाखको लागतमा प्रदेशको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा काटिएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update