Sagun Khabar
बैतडीको डिलाशैनी ७ धामी गाउँमा ल्याब सेवा, नागरिकलाई सेवा लिन सहज

बैतडी–बैतडीको डिलाशैनीमा ल्याब सेवाको उद्धघाटन गरिएको छ । गाउँपालिकाको  वडा नं ७ धामी गाउँमा विगत १० महिना देखि सेवा दिइरहेको डिलाशैनी स्वास्थ्य ल्याबको शनिबार विधिवत रुपमा उद्धघाटन गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट (यदु) ले  जानकारी दिए। 

गाउँपालिकाका अध्यक्ष सन्तोश प्रकाश जोशी, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्ट, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकरबहादुर बोहराको उपस्थितिमा ल्याब सेवाको  औपचारिक रुपमा उद्धघाटन गरिएको प्रवक्ता भट्टले बताए । गाउँपालिकाले  उपकरण र  जनशक्ति व्यवस्थापन गरेर नागरिकहरुलाई सेवा दिइरहेको उनले बताए । 

Atrya hospital

ल्याब सेवा सञ्चालन आएपछि नागरिकहरुलाई सेवा लिन सहज भएको उनको  भनाई  छ।  ल्याब सेवा सञ्चालनमा आएपछि खकार, दिशा पिषाब र रगत चेकजाँच गरेर  रोग पत्ता लागाउन सहज भएको हो । ल्याब सेवा लगायतका सामान्य उपचार सेवा लिन अन्यत्र जानुपर्ने यहाँका नागरिकहरुको बाध्यता अहिले हटेको जनप्रतिनिधिहरुले बताए  । 

उद्धघाटन कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बैतडीका प्रमुख  भट्टले यहाँका जनताको आधारभूत सेवाको माग सम्बोधन भएको बताए । जनप्रतिनिधिहरुले ल्याब टेक्नीसियन राखेर सेवा प्रवाह गरिरहेकाले जनताले गुणस्तरिय सेवा पाउने उनले बताए । 

उनले  गुणस्तरिय  डिलाशैनी स्वास्थ्य ल्याब प्रयोगशालाले समुदायमा लुकेर रहेका क्षय रोगि,एचाइभी संक्रमीतहरुलाई समयमै पत्ता लगाएर उपचारको  दायरामा ल्याउन सहज हुने बताए । यस्तै राज्यले लिएको मलेरिया उन्मुलनका लक्ष्य पुर्तिका लागि समेत ल्याब सहयोगि हुने र नसर्ने रोगहरु समेत बढ्दै गएको सन्दर्भमा अवस्था पत्ता लगाउनका लागि महत्वपूर्ण हुने उनले बताए ।

पछिल्लो समय ग्रामिण भेगमै  ल्याब सेवा सञ्चानल आएपछि स्थानीयहरुलाई सहज भएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update