Sagun Khabar
अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो 
Atrya hospital

बैतडी –पहिरोका कारण अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । सडकमा खसेको पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । पहिरो खसेको ठाउँमा डोजरले पहिरो पन्छ्याएपछि सवारी साधन सञ्चालनमा आएका उनले बताए । 

राजमार्गको खोड्पे–श्रीभावर सडक खण्ड अन्तगर्त बैतडीको ढोल्यामोडमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बिहीबार राती खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । 

बर्षातको समयमा पहिरो खस्ने भएकाले जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update