Sagun Khabar
बैतडीको ढोल्यामोडमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध 
फाइल फोटो
Atrya hospital

बैतडी –बैतडी –बझाङ जोड्ने जयपृथ्वी राजमार्ग फेरी अवरुद्ध भएको हो । राजमार्गको खोड्पे–श्रीभावर सडक खण्ड अन्तगर्त बैतडीको ढोल्यामोडमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

बिहीबार राती खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि बझाङ तर्फ जाने गाडी र बझाङबाट अन्य तराईका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । सडकमा ठूलो पहिरो खसेको बताइएको छ । 

पहिरो पन्छ्याउनका लागि समन्वय भईरहेको प्रहरी प्रवक्ता खड्काले बताए । बर्षातको समयमा पहिरो खस्ने भएकाले जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update