Sagun Khabar
बैतडीका किसानहरुलाई धान भित्र्याउने चटारो, पुराना जातका धान लोप हुँदै 
फोटो: पुर्चौंडीको हाट क्षेत्रमा पहेँलपुर भएको धानबाली, तस्बिर सौजन्य : निराजन बोहरा

बैतडी –बैतडीका धान उत्पादन हुने क्षेत्रमा किसानहरुलाई धान भित्र्याउने चटारो बढेको छ । बारीमा पहेँँलपुर भएको धान भित्र्याउने चटारो बढेको पुर्चौंडीका स्थानीय वसन्तराज जोशीले बताए । 

जिल्लाको पाटन, पुर्चौंडी हाट, सिगासको ढुंगाड, पञ्चेश्वरको महाकाली क्षेत्र,सुर्नयाको सुर्नया नदी किनार क्षेत्र, डिलाशैनीको गोकुलेश्वर क्षेत्र, दोगडाकेदारको पञ्ज्युनयाँ क्षेत्रमा धान भित्र्याउने चटारो बढेको हो । 

Atrya hospital

बारीमा फलेको धान भित्र्याउने चटारो बढेको किसानहरुले बताएका छन् । बैतडीमा ९ हजार हेक्टर जमीनमा धान खेती गरिँदै आएको छ । धानखेती हुने जमीनको ४६ प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ । बाँकी खेतमा आकाशे पानीको भरमा धानखेती गर्ने गरिएको छ ।

पछिल्लो समयमा पुरानो जातका धान भने लोप हुँदै गएका छन् । स्थानीय जातका धानहरु अहिले पाइन छोडेको सुर्नया ६ का किसान लवदेव अवस्थीले बताए । पुरानो जातका धानको बीउ समेत नरहेको उनले बताए । 

पुरानो बासमती, थापाचिनी, नाका लगायतका पुराना जातका धानहरु पाइन छोडेको अवस्थीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update