Sagun Khabar
बैतडीमा एकनाले भरुवा बन्दुक सहित दुईजना पक्राउ 
Atrya hospital

बैतडी –बैतडीमा एकनाले भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन् । जंगलमा चोरी शिकारी भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले सोधीखोजी गर्दा पाटन नगरपालिका १ सकारका ३६ बर्षीय नारदप्रसाद भट्टराई र ३८ बर्षीय लक्ष्मण भट्टराईलाई बिहीबार दिउँसो बराइल रौटे भन्ने जंगलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

दुवैजनालाई जंगलबाट बन्दुक सहित फर्किरहेको अवस्थामा पक्राउ गरिएको उनले बताए । उनले भने ‘पक्राउ परेका दुवैमाथि अनुसन्धान भईरहेको छ । उनीहरुले लामो समयदेखि चोरी शिकारी पनि गर्दै आएका भनिएको छ । यो बिषयमा पनि हामी बुझ्दैछौं ।’

पक्राउ परेका दुवैजनामाथि हातहातियार तथा खरखजना ऐन अनुुसार कारवाही हुने प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update