Sagun Khabar
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बैतडीमा युवा संगठन नेपालको प्रदर्शन 
Atrya hospital

बैतडी –पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको भन्दै युवा संगठन नेपालले बैतडीमा प्रदर्शन गरेको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको माओवादी निकट युवा संगठनले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विरोध गरेको हो ।

जिल्लाको पाटन, डिलाशैनी र सिगासमा आज प्रदर्शन गरिएको युवा संगठनका जिल्ला अध्यक्ष दिलिप धामीले जानकारी दिए । आफूहरुले महंगी र भ्रष्टाचारका विरुद्धमा पनि विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update