Sagun Khabar
बझाङमा २८ बर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा १३ बर्षीय बालक पक्राउ 

बझाङ –बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन् ।  छबिसपाथिभेरा गाउँपालिका बस्ने एक महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका सोही ठाउँका एक नाबालकलाई पक्राउ गरिएको हो । 

जबरजस्ती करणी गरी फरार भएका नाबालकलाई पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको प्रहरीले जनाएको छ । 

घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update