Sagun Khabar
बैतडीको पुर्चौडीमा पहिलो पटक प्रहरी निरीक्षक खटिए 

बैतडी –बैतडीको पुरघाट प्रहरीचौकी हाटमा पहिलो पटक प्रहरी निरीक्षक खटाइएको छ । ठूलो क्षेत्र भएकाले सो ठाउँमा प्रहरी निरीक्षक खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरिशरण भट्टलाई अहिले काजमा खटाइएको उनले बताए । 

पुरघाट प्रहरीचौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गर्ने कार्य भईरहेकाले प्रहरी निरीक्षक खटाइएको प्रवक्ता खड्काले बताए । प्रहरीचौकीमा प्रहरी निरीक्षक खटाएसंगै अपराध न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

Atrya hospital

पहिलो पटक पुर्चौंडीमा प्रहरी निरीक्षक खटाइएकाले समाजमा शान्ति सुरक्षा स्थापनामा सहयोग पुग्ने पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले बताइन् । 

पुर्चौडी क्षेत्रमा पहिलो पटक प्रहरी निरीक्षक खटिएकाले अपराध न्यूनीकरण, सामाजिक शान्ति कायम गर्न सहयोग पुग्ने स्थानीय कृष्णप्रसाद बडुले बताए । पुर्चौंडीमा इलाका प्रहरी कार्यालय स्थापनाको निर्णय पनि छिट्टै हुने बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update