Sagun Khabar
बैतडीमा फेरी बढ्यो कोरोना संक्रमण , बिहीबार एकैदिन ३० जनामा संक्रमण 

बैतडी –बैतडीमा कोरोना संक्रमणदर फेरी बढ्न थालेको छ । निषेधाज्ञा खुकुलो पारिएसंगै जिल्लामा संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । बिहीबार एकैदिन ३० जनामा कोरोना पुष्टि भएको छ भने निको हुने संख्या आज शुन्य रहेको छ । 

दोगडाकेदार गाउँपालिकाका १७ जना, दशरथचन्द नगरपालिकाका २ जना,पुर्चौंडी नगरपालिकाका २ जना, सिगास गाउँपालिकाका १ जना, पाटन नगरपालिकाका एक जना र मेलौली नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै बझाङका ५ जना र मुगुका एकजनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

केही दिन पहिला सक्रिय संक्रमितको संख्या ५० भन्दा कम पुगेको बैतडी अहिले सक्रिय संक्रमितको संख्या १२२ पुगेको छ । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ४० जना, पाटन नगरपालिकामा २२ जना, दशरथचन्द नगरपालिकामा १४ जना, डिलाशैनी गाउँपालिकामा १० जना र सुर्नया गाउँपालिकामा ९ जना रहेका छन् । 

यस्तै मेलौली नगरपालिकामा ७ जना, शिवनाथ गाउँपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा ३ जना, सिगास गाउँपालिकामा २ जना र पञ्चेश्वर गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका १० जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update