Sagun Khabar
सुर्नयाको झाड्बोमा विद्युत विस्तार 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका ७ झाडबोमा विद्युत विस्तार भएको छ । पालिकाका प्रत्येक गाउँमा विद्युतको राष्ट्रिय प्रशारण लाइन विस्तार गर्ने योजना अन्तर्गत झाड्बोमा विद्युत विस्तार गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

झाड्बो गाउँका १ सय १५ घरधुरीमा विद्युतको राष्ट्रिय प्रशारण लाइन विस्तार गरिएको हो । चालु आर्थिक बर्षभित्रै सुर्नया गाउँपालिकाको वडा नं ७ र ८ का सबै ठाउँमा विद्युत विस्तार गरिसक्ने अध्यक्ष कुँवरले बताए । 

गाउँमा बिजुलीबत्ती बलेपछि स्थानीयबासी पनि खुसी भएका छन् । गाउँमा बिजुलीबत्ती बलेपछि स्थानीयहरुले बाजागाजासहित स्वागत गरेका थिए । गाउँमा बिजुलीबत्ती बलेपछि स्थानीयहरुले बाजागाजासंगै छलिया नृत्य प्रदर्शन गरेका थिए । लामो समयको प्रतिक्षापछि गाउँमा बिजुलीबत्ती बलेपछि स्थानीयबासी खुसी भएका हुन् । 

दुर्गमा गाउँमा विद्युत विस्तार गर्ने कार्यक्रम अन्तर्गत शनिबार झाड्बोमा विद्युत विस्तार गरिएको अध्यक्ष कुँवरले बताए ।

यसअघि शुक्रबार मात्रै सुर्नया गाउँपालिका वडा नं ७ को कार्यालयमा विद्युतको राष्ट्रिय प्रशारण लाइनमार्फत विद्युत सुचारु गरिएको थियो । 

वडा कार्यालयमा पनि विद्युतको राष्ट्रिय प्रशारण पुगेको वडा अध्यक्ष भक्तबहादुर कुँवरले बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update