Sagun Khabar
बैतडीमा भरुवा बन्दुकसहित एकजना पक्राउ 

बैतडी –बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । 

जिल्लाको दोगडाकेदार गाउँपालिका–२ मल्लाढिकबाट एक नाले भरुवा बन्दुक र ७१० ग्राम बारुदसहित सोहि गाँउपालिका–१ रिमका ४५ वर्षीय बिष्णुसिंह साउँदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र बारुदसहित पक्राउ गरेको उनले बताए । पक्राउ परेका साउँदमाथि हातहतियार तथा खरखाजना सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।  

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्