Sagun Khabar
बाढीले पंसेरा बजारका पसल र घरहरुमा क्षति

बैतडी– गयराति परेको अविरल बर्षाका कारण बैतडीको डिलाशैनी गाउँपालिका ३ स्थीत पंसेरा बजारमा बाढी आएको छ ।

बजारको माथी पट्टि खनिएको कच्ची सडकबाट आएको बाढीले पंसेरा बजारका पसल र घरहरुमा क्षति पु¥याएको गाउँपालिकाका कर्मचारी पुरुषोत्तम नाथले बताए । बाढीले ४ओटा पसलमा क्षति पु¥याउनुका साथै गाउँपालिकाको स्टोर कक्षमा समेत क्षति पु¥याएको उनले बताए । 

Atrya hospital

बाढीले बजार जलमग्न हुदाँ स्थानिय ब्यापारीहरुका पसल र पालिकाको स्टोर भित्रै पानि पसेपछि सामानहरु बिग्रीएकाछन् ।

यसैगरी बाढीका कारण गोकुलेश्वर–गन्ना सडकखण्ड समेत अवरुद्ध भएको छ । सडक अवरुद्ध हुदाँ यात्रुहरु बाटोमै अलपत्र परेको यातायात व्यवसायी राजेन्द्र बोहराले बताए । बाढीका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भैरहेको उनले बताए ।  

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १३:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update